BIZMANDU
www.bizmandu.com

सिद्धार्थ इक्विटी फण्ड-२ को इकाइ निष्कासन, १०० देखि एक करोडसम्म खरिद खुला

२०८३ बैशाख २१

सिद्धार्थ इक्विटी फण्ड-२ को इकाइ निष्कासन, १०० देखि एक करोडसम्म खरिद खुला
सिद्धार्थ इक्विटी फण्ड-२ को इकाइ निष्कासन, १०० देखि एक करोडसम्म खरिद खुला


काठमाडौं। सिद्धार्थ इक्विटी फण्ड-२ को इकाइमा खरिदका लागि आवेदन खुलेको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले सोमबारदेखि इकाइ बिक्री खुलाएको हो।

Vigo
GBIME
Tata

क्यापिटलले प्रति इकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गरेको छ। क्यापिटलले योजनाको १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंकलाई सुरक्षित गरेको छ।

बाँकी ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्रीका लागि आवेदन खुला गरेको हो। योजनामा लगानीकर्ताले १०० देखि १ करोड इकाइसम्म खरिद गर्न सक्नेछन्।

योजनाको इकाइमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। यसअवधिमा इकाइ बिक्री नभए जेठ ४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

सिद्धार्थ इक्विटी फण्ड-२ सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १२ वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो।