BIZMANDU
www.bizmandu.com

एमजीका भारतीय प्लान्टमा उत्पादित गाडी नेपाल भित्रिन सुरु, कोमेटको मूल्य २० लाख

२०८३ बैशाख २१

एमजीका भारतीय प्लान्टमा उत्पादित गाडी नेपाल भित्रिन सुरु, कोमेटको मूल्य २० लाख
एमजीका भारतीय प्लान्टमा उत्पादित गाडी नेपाल भित्रिन सुरु, कोमेटको मूल्य २० लाख


काठमाडौं। भारतमा निर्माण गरिएको मोरिस ग्यारेज(एमजी) ब्रान्ड गाडी नयाँ डिलरले नेपाल ल्याएको छ। भारतमा निर्मित एमजीको नेपालका लागि नयाँ आधिकारिक बिक्रेता जी.ओ. अटोमोबाइल्स प्रालिले एमजीका ३ वटा मोडलका गाडीहरु नेपाल ल्याएको हो।

Vigo
GBIME
Tata

यसअघि पारामाउन्ट मोटर्सले नेपाली बजारमा उक्त गाडीहरु बिक्री गर्दै आइरहेको थियो। तर भारतबाट आउने गाडीको बिक्रीमा कम्पनीले चासो नदिएको उनीहरुको निस्कर्षपछि नयाँ डिलर छनोट गरेको हो।

उक्त कम्पनीले भन्सार छुटाउनको लागि अधिकतम खुद्रा मूल्य तोकेको छ। जसमा एमजीको ह्याचब्याक कोमेट एक्ज्युकेटिभ भेरियन्टको एमआरपी मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखिएको छ। साथै एक्साइट भेरियन्टको २२ लाख ७४ हजार रुपैयाँ तोकिएको छ। यो गाडीमा ४१.४२ किलोवाट क्षमताको मोटरमा उपलब्ध छन्।

यसैगरी अर्को एसयुभी विन्डसरको पनि एमआरपी मूल्य तोकिएको छ। यसको एक्साइट भेरियन्टको मूल्य ४० लाख ७५ हजार रुपैयाँ तोकिएको छ। साथै यसको एक्सक्लुसिभ भेरियन्टको ४३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। यो गाडी १०० किलोवाट क्षमताको मोटरमा उपलब्ध छन्।

अर्को पेट्रोल एसयुभी एमजी हेक्टर प्लस ७ शार्प प्रो एमटीको पनि ८२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो गाडी १.५ लिटर टर्बो इन्जिनमा उपलब्ध छ।

यी गाडीहरुको मूल्य केही तलमाथि हुनेछन्। किनभने यो भन्सार पास गर्दा आवश्यक पर्ने भएकाले अधिकतम मूल्य राखिएको हो।