काठमाडौं। सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ भित्र्याएको छ। कम्पनीले क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्जसहितको क्याम्पा पोर्टफोलियो विस्तार गरेको हो।
सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंकभन्दा बाहिर आफ्नो विस्तारलाई निरन्तरता दिँदै इनर्जी ड्रिंक श्रेणीमा आफ्नो स्थान अझ मजबुत बनाएको जनाएको छ।
क्याम्पा इनर्जी गोल्ड बुस्ट अन्तर्राष्ट्रिय स्तरको इनर्जी ड्रिंक हो। विश्वस्तरीय गुणस्तर र प्रदर्शनलाई ध्यानमा राखेर तयार गरिएको यो इनर्जी ड्रिंकको २५० एमएल क्यानलाई ८० रुपैयाँ पर्छ।
क्याम्पा देशभरका खुद्रा आउटलेटहरूमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। यो उत्पादन मकवानपुरको मनहरीस्थित सीजीको बोटलिङ प्लान्टमा उत्पादन गरिएको हो।
उपभोक्ताबाट प्राप्त प्रारम्भिक प्रतिक्रियाअनुसार यसको स्वाद, क्याफिनको प्रभाव तथा दिने ‘किक’ प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको कम्पनीले जानकारी दिएको छ।