BIZMANDU
www.bizmandu.com

जग्गा रोक्का र फुकुवाका लागि वैशाख २१ देखि मालपोत जानु नपर्ने, अनलाइन प्रणाली अनिवार्य

२०८३ बैशाख १८

जग्गा रोक्का र फुकुवाका लागि वैशाख २१ देखि मालपोत जानु नपर्ने, अनलाइन प्रणाली अनिवार्य
जग्गा रोक्का र फुकुवाका लागि वैशाख २१ देखि मालपोत जानु नपर्ने, अनलाइन प्रणाली अनिवार्य


काठमाडौं। सरकारले मालपोत कार्यालयमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न भन्दै जग्गाको धितो बन्धकी तथा रोक्का फुकुवा प्रक्रियालाई पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ।

Tata
GBIME

भूमि व्यवस्था तथा अभिलेख विभागले धितो बन्धकी तथा रोक्का फुकुवासम्बन्धी कार्य वैशाख २१ गतेदेखि अनिवार्यरुपमा अनलाइनबाट हुने बताएको छ।

तोकिएका बैंक तथा वित्तीय संस्थाबाट वैशाख २१ गते र अन्य बैंक तथा वित्तीय संस्थाबाट जेठ १ गतेदेखि अनलाइन प्रणाली अनिवार्य गर्ने विभागको भनाइ छ।

अनलाइन प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राहीले मालपोत कार्यालय जानुपर्ने छैन। यसपछि मालपोत कार्यालयमा सेवाग्राहीको चाप ६० प्रतिशत कम हुने अनुमान गरिएको छ।

नागरिकलाई छिटो, सहज तथा बिचौलिया-मुक्त सेवा पूर्वानुमानयोग्य समयभित्र उपलब्ध गराउने तथा सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्णरूपमा डिजिटल बनाउने लक्ष्यअनुरूप यो व्यवस्था लागू गर्ने निर्णय गरेको विभागले जनाएको छ।