काठमाडौं । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यका साथ सुरु भएको ‘टुर डे लुम्बिनी-पेडल फर पिस’ का सहभागीहरु आज लुम्बिनी पुग्दैछन्।
चार दिन अघि स्वयम्भूस्थित आनन्दकुटी विद्यापिठबाट सुरु भएको यो साइकल यात्रा आज लुम्बिनी पुगेर समापन हुनेछ।
बुद्ध जयन्तीको अवसर पारेर साइकल यात्रीहरुको टोली भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम छ।
भैरहवा पुगेका उनीहरुले वृक्षारोपण र रक्तदानसमेत गरेका छन्।





