BIZMANDU
www.bizmandu.com

बुक बिल्डिङको आइपीओ किन्न संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, शुल्क १० हजार

२०८३ बैशाख १७

बुक बिल्डिङको आइपीओ किन्न संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, शुल्क १० हजार
बुक बिल्डिङको आइपीओ किन्न संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, शुल्क १० हजार

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ।

Vigo
GBIME
Tata

नेप्सेले बिहीबार सूचना निकालेर नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिमा सहभागी हुनका लागि शुल्क बुझाएर दर्ता तथा नवीकरण गर्न आग्रह गरेको हो।

‘नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिमा सहभागी हुनका लागि यथाशीघ्र नेप्सेमा निम्नानुसारको दस्तुरसहित दर्ता हुन तथा पहिले नै दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्तालाई वार्षिक नवीकरण गर्न हुन अनुरोध छ,’ नेप्सेले भनेको छ।

संस्थागत लगानीकर्तालाई दर्ता शुल्क १० हजार र नवीकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।