BIZMANDU
www.bizmandu.com

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्न उक्साउने देवी संग्रौला समातिए

२०८३ बैशाख १६

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्न उक्साउने देवी संग्रौला समातिए
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्न उक्साउने देवी संग्रौला समातिए

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहमा रहेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्न उक्साउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा अर्जुनधारा नगरपालिका घर भएका ४५ वर्षीय देवी प्रसाद संगौलालाई नियन्त्रणमा लिएको हो।

उनले सामाजिक संजालदेखि विभिन्न टेलिभिजनमा अन्तर्वार्ता दिएर बैंक तथा वित्तीय संस्थाका कर्मचारी ऋण असुली लगायत अन्य सामान्य विषयमा बुझ्न आए पनि भौतिक कारबाही गर्न अभिव्यक्ति दिएका थिए।

पछिल्लो समय यस्तै अभिव्यक्तिका कारण देशका केही ठाउँमा कर्मचारी माथि आक्रमण तथा अभद्र व्यवहार समेत भएको थियो।