BIZMANDU
www.bizmandu.com

काठमाडौंको स्वयम्भूबाट सुरु भयो ‘टुर डे लुम्बिनी’ साइकल यात्रा

२०८३ बैशाख १५

काठमाडौंको स्वयम्भूबाट सुरु भयो ‘टुर डे लुम्बिनी’ साइकल यात्रा
काठमाडौंको स्वयम्भूबाट सुरु भयो ‘टुर डे लुम्बिनी’ साइकल यात्रा


काठमाडौं । विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यका साथ ‘टुर डे लुम्बिनी-पेडल फर पिस’ को चौथो संस्करण आजदेखि सुरु भएको छ। स्वयम्भूस्थित आनन्दकुटी विद्यापिठबाट सुरु भएको यो साइकल यात्रा ४ दिनसम्म चल्नेछ।

Vigo
GBIME
Tata

बुद्ध जयन्तीको अवसर पारेर साइकल यात्रीहरुको टोली भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्नेछ।

आनन्दकुटी विद्यापिठका भन्ते प्रमुखले साइकल यात्रीहरूलाई सुरक्षित यात्राको कामना गर्दै आशिर्वाद दिएका थिए। कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूतको विशेष उपस्थिति रहेको थियो।

यात्राको बिदाइ कार्यक्रममा स्थानीय साइकल क्लबले सहभागीहरुलाई सगुन दिएर शुभकामना व्यक्त गरेका थिए।

यो यात्राले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धन र शान्तिको सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास गरिएको छ।