BIZMANDU
www.bizmandu.com

रिलायबल समृद्धि योजना-२ ले एक अर्बको इकाई जारी गर्दै, वैशाख २९ देखि बिक्री खुल्ने

२०८३ बैशाख १५

रिलायबल समृद्धि योजना-२ ले एक अर्बको इकाई जारी गर्दै, वैशाख २९ देखि बिक्री खुल्ने
रिलायबल समृद्धि योजना-२ ले एक अर्बको इकाई जारी गर्दै, वैशाख २९ देखि बिक्री खुल्ने


काठमाडौं। रिलायबल समृद्धि योजना-२ ले सार्वजनिक निष्कासन गर्ने भएको छ। रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने योजनाको वैशाख २९ देखि इकाई बिक्री खुला हुनेछ।

Vigo
GBIME
Tata

रिलायबलले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्न लागेको हो। कुल निष्कासनको बिउ पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ, कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ छुट्याइएको छ।

यस्तै, निष्कासनको १ प्रतिशतले हुन आउने १० लाख इकाई योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ।

रिलायबल समृद्धि योजना-२ बन्दमुखी प्रकृतिको योजना हो। १० वर्षे अवधिको योजनामा लगानीकर्ताले जेठ १ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन्। उक्त अवधिमा इकाइ बिक्री नभएमा जेठ १२ गतेसम्म निष्कासन खुला रहनेछ।