BIZMANDU
www.bizmandu.com

नेपाली सूचना प्रविधि कम्पनी अमेरिकामा बजार खोज्दै, तीन सातापछि ‘नेपाल टेक रोडशो यूएसए’

२०८३ बैशाख १४

नेपाली सूचना प्रविधि कम्पनी अमेरिकामा बजार खोज्दै, तीन सातापछि ‘नेपाल टेक रोडशो यूएसए’
नेपाली सूचना प्रविधि कम्पनी अमेरिकामा बजार खोज्दै, तीन सातापछि ‘नेपाल टेक रोडशो यूएसए’


काठमाडौं। नेपाली आइटी कम्पनीको प्रवर्धनका लागि अमेरिकामा कार्यक्रम गरिने भएको छ। अमेरिकी बजारमा नेपाली आइटी कम्पनीको पहुँच बढाउन ‘नेपाल टेक रोडशो यूएसए’ गरिने भएको हो।

Vigo
GBIME
Tata

नास आइटीले तीन सातापछि अर्थात मे १५ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित एमबेसी सुइट्स वाइ हिल्टनमा नेपाल टेक रोडशो यूएसए’ गर्ने भएको हो।

नेपाली कम्पनीको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले गर्न लागिएको कार्यक्रममा अमेरिकी कम्पनी, लगानीकर्ता र गैरआवासीय नेपाली समुदायसँग व्यावसायिक सम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको नास आइटीले जनाएको छ।

यो कार्यक्रमले नेपाललाई सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता, डाटा तथा डिजिटल रूपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने संस्थाको विश्वास छ।

यस कार्यक्रममार्फत नेपालको प्रविधि क्षमता प्रदर्शन हुनुका साथै विश्वकै प्रमुख प्रविधि बजारमा नेपाली कम्पनीका लागि अवसर बढ्ने नास आइटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठले भने बताए।