BIZMANDU
www.bizmandu.com

इन्टरनेट ग्राहक महिना दिनमा १७ हजार थपिए, वर्ल्डलिंकले ५३३६ बढाउँदा टेलिकमले कति तान्यो?

२०८३ बैशाख १४

इन्टरनेट ग्राहक महिना दिनमा १७ हजार थपिए, वर्ल्डलिंकले ५३३६ बढाउँदा टेलिकमले कति तान्यो?
इन्टरनेट ग्राहक महिना दिनमा १७ हजार थपिए, वर्ल्डलिंकले ५३३६ बढाउँदा टेलिकमले कति तान्यो?

काठमाडौं। इन्टरनेट सेवा लिने ग्राहक संख्या बढ्दो क्रममा देखिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैतसम्मको तथ्यांक अनुसार इन्टरनेटका ग्राहक ३४ लाख ७७ हजार १२४ पुगेका छन्। यो संख्या फागुनसम्मको तुलनामा १६ हजार ८०२ बढी हो।

सबैभन्दा धेरै ग्राहक वर्ल्डलिंकसँग छन्। इन्टरनेट बजारमा ग्राहक संख्याका आधारमा वर्ल्डलिंकले ३०.८८ प्रतिशत हिस्सा ओगटेको छ। वर्ल्डलिंकसँग चैतसम्म १० लाख ७३ हजार ९०३ ग्राहक छन्। ती मध्ये ५ हजार ३३६ ग्राहक चैतमा थपिएका हुन्।

नेपाल टेलिकम १०.९६ प्रतिशत हिस्सा सहित दोस्रो स्थानमा छ। टेलिकमका इन्टरनेट ग्राहक ३ लाख ८१ हजार ७३ पुगेका छन्। कम्पनीले चैतमा १ हजार ४१७ ग्राहक बढाएको हो।

तेस्रो स्थानको डिस मिडिया नेटवर्कको ग्राहक संख्या भने घटेको छ। चैतमा डिस मिडिया नेटवर्कका ४ हजार ९८० ग्राहक घटेका छन्। १०.७७ बजार हिस्सा ओगटेको कम्पनीसँग ३ लाख ७४ हजार ३१९ ग्राहक छन्।

ग्राहक संख्या भायोनेटका ३ लाख ५७ हजार ७७१, क्लासिक टेकका २ लाख ८४ हजार २१, सुबिसु केबल नेटका २ लाख ६२ हजार ८४९, वेबसर्फर नेपाल कम्युनिकेसनका १ लाख ७३ हजार ५०९, टेकमाइन्ड्स नेटवर्क प्रालिका १ लाख २२ हजार २०३ र वाइफाइ नेपालका १ लाख ६ हजार ५०० छन्।

यस्तै सीजीका ८८ हजार ७३८, ब्रोडलिंक नेटवर्कका ५५ हजार ७३०, सजिलो नेटका ४३ हजार ६७९, फाइबरवर्ल्ड कम्युनिकेसनका ३९ हजार ९३४, कनेक्ट नेपाल नेटवर्क्सका २१ हजार ४७९, एरोनेट प्रालिका १४ हजार २३९, फर्स्ट लिङ्क कम्युनिकेसनका १० हजार ४५८, चितवन युनिक नेटका ६ हजार ५०४, एभरेष्ट वायरलेस नेटवर्कका १३ हजार १९०, पोखरा इन्टरनेटका १० हजार १६३, आई जोनका ६ हजार ९८७ र अन्य कम्पनीका ३० हजार ८७६ इन्टरनेट ग्राहक रहेको प्राधिकरणले जनाएको छ।