BIZMANDU
www.bizmandu.com

पन्दाकलाई फिर्ता बोलाइएपछि सीडीएस एण्ड क्लियरिङको कामु सीइओको जिम्मेवारी सापकोटालाई

२०८३ बैशाख १४

पन्दाकलाई फिर्ता बोलाइएपछि सीडीएस एण्ड क्लियरिङको कामु सीइओको जिम्मेवारी सापकोटालाई
पन्दाकलाई फिर्ता बोलाइएपछि सीडीएस एण्ड क्लियरिङको कामु सीइओको जिम्मेवारी सापकोटालाई

काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी कञ्चन सापकोटालाई दिइएको छ।

Vigo
GBIME
Tata

प्रविन पन्दाकलाई सञ्चालक समितिबाट फिर्ता बोलाउने नेप्सेको निर्णयपछि सीडीएससीको सञ्चालक समितिले कामु सीइओको जिम्मेवारी सापकोटालाई दिएको हो।

नेप्सेको सञ्चालक समितिले शुक्रबार पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। पन्दाक नेप्सेकै कर्मचारी हुन्।

‘प्रविन पन्दाकलाई फिर्ता बोलाउने नेप्सेको निर्णयपछि उहाँ सीडीएससीको प्रबन्ध सञ्चालकबाट हट्नु भएको हो,’ सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने।

कामु सीइओको जिम्मेवारी पाएकी सापकोटा सीडीएससीमा प्रशासन प्रमुखका रुपमा कार्यरत छिन्।