BIZMANDU
www.bizmandu.com

रोमाञ्चक खेलमा सुपर ओभरमा पुगेर लखनउमाथि कोलकाताको जित, आज दिल्ली र बेङ्ग्लुरु भिड्दै

२०८३ बैशाख १४

रोमाञ्चक खेलमा सुपर ओभरमा पुगेर लखनउमाथि कोलकाताको जित, आज दिल्ली र बेङ्ग्लुरु भिड्दै
Rinku Singh of Kolkata Knight Riders celebrates after win the match in super over during Match 38 of the TATA Indian Premier League 2026 between Lucknow Super Giants and Kolkata Knight Riders at Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow, India, on April 26, 2026. Photo by Surjeet Yadav / CREIMAS for IPL


काठमाडौं। कोलकाता नाइटराइडर्सले लखनउ सुपर जायन्टलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सुपर ओभरमा पुगेर कोलकाताले लखनउलाई हराएको हो।

GBIME
Tata

लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। कोलकाताका लागि रिंकु सिंहले सर्वाधिक अविजित ८३ रन बनाउँदा क्यामरन ग्रीनले ३४ तथा अजिंक्य रहाणेले १० रन बनाए। बलिङमा लखनउका मोसिन खानले ५ विकेट लिँदा जर्ज लिन्डेले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउ पनि ८ विकेट गुमाएर १५५ रनमै समेटियो। लखनउका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउँदा ऐडन मार्क्रमले ३१, आयुष बढोनीले २४ तथा हिम्मत सिंहले १९ रन बनाए। बलिङमा कोलकाताका लागि वैभव अरोरा र वरुण चक्रवर्तीले समान २ विकेट लिँदा अंकुर रोय, क्यामरुन ग्रीन,  सुनिल नारायण र कार्तिक त्यागीले समान १ विकेट लिए।

योसँगै म्याच सुपर ओभरमा पुग्यो। सुपर ओभरमा कोलकाताले ४ रन बनाउँदा लखनउले ३ बलमा दुबै विकेट गुमाउँदै १ रनमात्र बनाउन सक्यो।

जितसँगै ८ खेलबाट ५ अंक बनाएको कोलकाता तालिकाको आठौं स्थानमा उक्लिएको छ। ४ अंकसहित लखनउ तालिकाको पुछारमा छ।

आज आईपीएलको एउटा खेलछ। आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दिल्लीमा भिड्नेछन्।