BIZMANDU
www.bizmandu.com

स्याकार ट्रेडिङद्वारा होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन, थप क्षेत्रमा विस्तार हुने

२०८३ बैशाख १३

स्याकार ट्रेडिङद्वारा होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन, थप क्षेत्रमा विस्तार हुने
स्याकार ट्रेडिङद्वारा होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन, थप क्षेत्रमा विस्तार हुने


काठमाडौं । नेपालमा होन्डाका ग्राहकहरुलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योती ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होन्डा सर्भिस सेन्टरहरु विस्तार गर्ने घोषणा गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र संचालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ।

यस पहलअन्तर्गत त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कमलादीस्थित पद्म भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ।

उक्त उद्घाटन समारोहमा होन्डा मोटर कम्पनी लिमिटेडका उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट (एशिया एण्ड ओसियाना), रिजनल अपरेसन्स (एसोसिएटेड रिजन) का प्रमुख र एशियन मोटर कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो।

साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुदीप ज्योतिको समेत उपस्थिति रहेको थियो।

स्याकार ट्रेडिङ कम्पनीले होन्डाका ग्राहकहरूका लागि ‘पहिलेकै मूल्यमा प्रिमियम सर्भिस’ को अवधारणा अगाडि सारेको छ। यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नेछन्। कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फर्स्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ।

यस पहलअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले आफ्ना ग्राहकहरुका लागि सेवा प्रक्रियामा विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। कम्पनीले आफ्ना प्रतिनिधिहरूलाई ग्राहकको सुविधा र सन्तुष्टिलाई सधैं पहिलो प्राथमिकतामा राख्न निर्देशन तथा तालिम प्रदान गर्ने जनाएको छ।

यससँगै दक्ष र प्रशिक्षित मेकानिकद्वारा सेवा प्रदान गर्ने तयारी गरिएको छ। थ्री एस सुविधा अन्तर्गत शोरूम, सर्भिस र जेनेउन पाट्र्स एकै छानामुनि उपलब्ध गराई उपभोक्तालाई सहज तथा विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीको छ। साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स तथा कफीको व्यवस्था पनि गरिएको छ।

कम्पनीले संचालनमा ल्याउन लागेका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीका साथै फास्ट सर्भिस बे मार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराइने भनिएको छ।

त्यसैगरी, होन्डाका जेनेउन स्पेयर पाट्र्सको सुनिश्चित उपलब्धता र आरामदायी कस्टमर वेटिङ लाउन्जसहित आधुनिक सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

स्याकार ट्रेडिङ कम्पनीले यस विस्तार योजनामार्फत देशभर होन्डाका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको जनाएको छ। कम्पनीका अनुसार आगामी दिनहरूमा थप सेवा केन्द्रहरू विस्तार गर्दै देशव्यापी पहुँच अझ सुदृढ बनाइनेछ।