BIZMANDU
www.bizmandu.com

सरसामान सारेपछि मनोहरा खोलास्थित सुकुमवासी बस्तीमा चल्यो डोजर (तस्बिरहरू)

२०८३ बैशाख १३

सरसामान सारेपछि मनोहरा खोलास्थित सुकुमवासी बस्तीमा चल्यो डोजर (तस्बिरहरू)
सरसामान सारेपछि मनोहरा खोलास्थित सुकुमवासी बस्तीमा चल्यो डोजर (तस्बिरहरू)


काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ। शनिबारदेखि काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित बस्तीहरू खाली गर्न थालिएको हो।

Tata
GBIME

थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रको बस्ती शनिबार हटाइएको मा आइतबार भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्ती हटाइएको छ।

शनिबार थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा विनाअवरोध वा झडप बस्ती हटाइएको थियो। मनोहराको सुकुमवासी बस्तीमा भने त्यहाँका बासिन्दाले शनिबार साँझ केही अवरोध गरेका थिए। सो क्रममा आक्रमणमा परी २२ जना सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए।

सरकारको निर्देशनअनुसार संरचना हटाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले शनिबारदेखि प्रभावित बासिन्दा र सरसामान सुरक्षित रूपमा सार्न खटिएको छ। त्यसपछि मात्र डोजर प्रयोग गरी संरचना हटाइएको छ।