BIZMANDU
www.bizmandu.com

एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे २६ लाख आवेदकको हात रित्तै

२०८३ बैशाख ११

एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे २६ लाख आवेदकको हात रित्तै
एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे २६ लाख आवेदकको हात रित्तै


काठमाडौं। एपोलो हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीको सेयर ७८ हजार २० जनाले १० कित्ताका दरले हात पारेका छन्। हाइड्रोपावरले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो।

कम्पनीको आइपीओमा २७ लाख २७ हजार ११७ जनाले २ करोड ९८ लाख ५१ हजार ३८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। एपोलो हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको थियो।

आइपीओ निष्कासन गर्न कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

एपोलो हाइड्रोपावरले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ छ।

हाइड्रोपावरको २०८१/८२ सम्म प्रति सेयर नेटवर्थ १११.९९ रुपैयाँ र प्रति सेयर आम्दानी ४.७० रुपैयाँ छ। यस अवधिमा कम्पनीको ३ करोड ९४ लाख रुपैयाँ जगेडा कोषमा रहेको विवरणपत्रमा उल्लेख छ।