BIZMANDU
www.bizmandu.com

सुकुमबासी बस्ती खाली गर्न थापाथलीमा प्रहरीको माइकिङ, ‘शनिबार भत्काउन थाल्छौं’

२०८३ बैशाख १०

सुकुमबासी बस्ती खाली गर्न थापाथलीमा प्रहरीको माइकिङ, ‘शनिबार भत्काउन थाल्छौं’
सुकुमबासी बस्ती खाली गर्न थापाथलीमा प्रहरीको माइकिङ, ‘शनिबार भत्काउन थाल्छौं’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन पछि काठमाडौंको सुकुमबासी बस्ती हटाउने तयारी थालिएको छ। आज साँझ प्रहरीले प्रहरीले सुकुमबासी बस्तीमा माइकिङ गरेको हो।

Vigo
GBIME
Tata

नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरको गाडीबाट थापाथली स्थित सुकुमबासी बस्ती वरिपरि माइकिङ गरिएको हो। त्यसक्रममा बैशाख १२ गते शनिबार बिहानदेखि संरचनाहरु भत्काउने भन्दै माइकिङ गरिएको छ।

प्रहरीले सो वस्तीमा बस्नेलाई ठाउँ खाली गर्न भनेको छ। बालेन शाहले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि प्रहरी प्रमुखहरुलाई बोलाएर शनिबार र आइतबार गरेर उपत्यकाका सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।