BIZMANDU
www.bizmandu.com

टेलिकमको समर अफर, ९९९ रुपैयाँमा ३०० जीबी डेटा र अनलिमिटेड अल-नेट भ्वाइस कल

२०८३ बैशाख १०

टेलिकमको समर अफर, ९९९ रुपैयाँमा ३०० जीबी डेटा र  अनलिमिटेड अल-नेट भ्वाइस कल
टेलिकमको समर अफर, ९९९ रुपैयाँमा ३०० जीबी डेटा र अनलिमिटेड अल-नेट भ्वाइस कल

काठमाडौं। नेपाल टेलिकमले समर अफर सार्वजनिक गरेको छ। टेलिकमले वैशाख ११ देखि लागू गरी नयाँ भ्वाइस तथा डेटा प्याकेजहरुमा अफर ल्याएको हो।

Tata
GBIME
Nepal Life

प्रिपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेज अब सबै नेटवर्कमा कल गर्न सकिने (अल-नेट) सुविधासहित उपलब्ध हुने टेलिकमले जनाएको छ।

धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ। यस अन्तर्गत ९९९ रुपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डेटा र ३०० अल-नेट एसएमएस सुविधा उपलब्ध हुनेछ।

त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल-नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

डाटा प्याक अन्तर्गत ५४९ मा ४० जीबी र ९९९ मा १०० जीबी डेटा प्याक उपलब्ध हुनेछ । ५९९ मा २ जीबी प्रतिदिन र ३४९ मा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डेटा प्याक उपलब्ध हुन कम्पनीले जनाएको छ ।

अनलिमिटेड प्याकेज अन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डेटा प्याकेज र ९९९ रुपैयाँमा ३० दिनसम्म प्रति दिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ।