BIZMANDU
www.bizmandu.com

सुस्तायो सेयर बजार, सूचक ओरालो लाग्ने क्रम रोकिएन, कारोबार रकम ५.०९ अर्बमा सीमित

२०८३ बैशाख १०

सुस्तायो सेयर बजार, सूचक ओरालो लाग्ने क्रम रोकिएन, कारोबार रकम ५.०९ अर्बमा सीमित
सुस्तायो सेयर बजार, सूचक ओरालो लाग्ने क्रम रोकिएन, कारोबार रकम ५.०९ अर्बमा सीमित

काठमाडौं। सेयर बजार परिसूचक लगातार चौथो दिन ओरालो लागेको छ। नेप्से परिसूचक बिहीबार १७.०१ अंक घटेर २७८७.१५ विन्दु कायम भएको छ।

Tata
GBIME

उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै १.४२ प्रतिशत घटेको छ।

बजारमा २१६ कम्पनीको सेयर मूल्य घटेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशत घटेको छ।

४६ कम्पनीको सेयर मूल्य बढेको छ। दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्ट कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

बजारमा ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ३० करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।