BIZMANDU
www.bizmandu.com

दीपक भट्टलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थपियो, अनुसन्धान अन्तिम चरणमा

२०८३ बैशाख ९

दीपक भट्टलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थपियो, अनुसन्धान अन्तिम चरणमा
दीपक भट्टलाई हिरासतमा राख्न तेस्रो पटक म्याद थपियो, अनुसन्धान अन्तिम चरणमा


काठमाडौं । विवादास्पद व्यापारी दीपक भट्टलाई हिरासतमा राख्न थप ७ दिन म्याद थप भएको छ।

Tata
GBIME

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानको क्रममा हिरासतमा रहेका भट्टलाई हिरासतमा थप दिन राख्नको लागि म्याद थप गरिएको हो। त्यस्तै, अर्का आरोपी सुलभ अग्रवालको हकमा पनि ७ दिन नै म्याद थपिएको छ।

विभागको टोलीले भट्टलाई चैत १९ गते नियन्त्रणमा लिएको थियो। पहिलो पटकको १० दिनको म्याद र दोस्रो पटक पनि १० म्याद थप गरिएको हो।

भट्टले पब्लिक कम्पनी हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, हिमालयन इन्भेष्टमेन्ट बैंकरबाट २२ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड रुपैयाँ र हिमालयन क्यापसर्बबाट ३७ करोड रुपैयाँ निकालेर नेपाल रि इन्स्योरेन्सको १९ लाख ७९ हजार कित्ता, गार्जियन माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता र नेपाल माइक्रो लाइफको ११ लाख २५ हजार कित्ता सेयर किनेका थिए।

यसमा सरकारी कर्मचारीदेखि व्यापारीसम्मको संलग्नता देखिएको छ। विभागले एक चरणको अनुसन्धान सकेर रायको लागि जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। त्यसैको सुझावको आधारम थप अनुसन्धान र कागजी प्रकृया चलिरहेको छ।

त्यस्तै उनीसँग जोडिएका अन्य मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिएको छ। विभागले यस घटनामा जोडिएका केही कर्मचारीसँग पनि बयान गरेको छ। अहिले विभागको नियन्त्रणमा भट्टसँगै सुलभ अग्रवाल पनि रहेका छन्।