काठमाडौं। सिद्धार्थ बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेका सूचीकृत भएको छ। नेप्से र बैंकबीच बुधबार सूचीकरण सम्झौता भएको हो।
सिद्धार्थ बैंकले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा ३ अर्ब ५० करोड रुपैयाँको ३ करोड ५० लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गरेको थियो।
८.२५ प्रतिशत प्रतिफल भएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिद बिक्री हुन्छ।
सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकर लगाएत) र सामुहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिद बिक्री गर्न पाइँदैन।
नेपाल राष्ट्र बैंकले बैंकको पुँजीमा दबाब कम गर्न अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीको अनुमति दिएपछि निष्कासन गरिएको हो।