काठमाडौं। सेयर बजारमा गृहमन्त्री सुधन गुरुङको राजीनामाको प्रभाव देखिएको छ।
कारोबार सुरु भएदेखि नै लगातार ओरालो लागेर २७६२ अंकमा ओर्लिएको नेप्से सूचक सुधनको राजीनामापछि अन्तिममा सम्हालिएको छ। नेप्से सूचक बुधबार २.९५ अंक घटेर २८०४.१७ विन्दु कायम भएको छ।
नियुक्त भएको भोलिपल्टै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न लगाएका सुधनका कारण उद्यवगी व्यवसायीमा पनि त्रास बढैको थियो।
बैंकिङ, फाइनान्स, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमाबाहेकका उपसमूहले बजार घटाएका हुन्। १३८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। होटल फरेस्ट इनको सेयर मूल्य सबैभन्दा धेरै १०.७५ प्रतिशतले घटेको छ।
बजारमा १२१ कम्पनीको मूल्य बढेको छ। पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
बजारमा बुधबार ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेसनल हाइड्रोपावरको सबैभन्दा धेरै ४१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड ७८ लाख र सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।