BIZMANDU
www.bizmandu.com

सन्तोषनारायणको राजीनामासँगै अघि बढ्यो सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया, सिफारिस समिति गठन

२०८३ बैशाख ८

सन्तोषनारायणको राजीनामासँगै अघि बढ्यो सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया, सिफारिस समिति गठन
सन्तोषनारायणको राजीनामासँगै अघि बढ्यो सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया, सिफारिस समिति गठन

काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ।

Tata
GBIME

सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत शुक्रबार राजीनामा दिएसँगै सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाएको हो।

सेबोन अध्यक्षको नाम सिफारिस गर्न मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गठन गरेको समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवनकुमार दहाल सदस्य छन्।

समितिले दरखास्त आह्वान गरेर सेबोन अध्यक्षको नाम सिफारिस गर्नेछ। समितिले गर्ने सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सेबोन अध्यक्ष नियुक्त गर्नेछ।