BIZMANDU
www.bizmandu.com

प्रिपेड ग्राहकका लागि एनसेलको नयाँ अनलिमिटेड कम्बो प्याक, १९९९ रुपैयाँको सेवा अब ६९९ रुपैयाँमा

२०८३ बैशाख ८

प्रिपेड ग्राहकका लागि एनसेलको नयाँ अनलिमिटेड कम्बो प्याक, १९९९ रुपैयाँको सेवा अब ६९९ रुपैयाँमा
प्रिपेड ग्राहकका लागि एनसेलको नयाँ अनलिमिटेड कम्बो प्याक, १९९९ रुपैयाँको सेवा अब ६९९ रुपैयाँमा


काठमाडौं । एनसेलले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड कम्बो प्याक’ ल्याएको छ।

Vigo
GBIME
Tata

डिजिटल कनेक्टिभिटीको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले पुरानो शुल्कमा भारी कटौती गरी उपभोक्तालाई सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो प्याक बजारमा ल्याएको जनाएको हो।

यसअघि एनसेलले करिब १ हजार ९९९ मा उपलब्ध गराउँदै आएको समान प्रकृतिको सेवालाई अहिले करसहित मात्र ६९९ रुपैयाँमा उपलब्ध गराएको जनाएको छ।

अनलिमिटेड डेटा प्याक अन्तर्गत ग्राहकले २८ दिनसम्म निरन्तर इन्टरनेट चलाउन पाउनेछन्। जसमा दैनिक २जीबीसम्म उच्च गति र त्यसपछि सुस्त गतिमा असीमित

त्यस्तै, नेपालका जुनसुकै नेटवर्कमा जति पनि कुरा गर्न सकिने अनलिमिटेड कलको सेवा पनि पाउनेछन्। साथै, हरेक दिन १०० वटा एसएमएस पठाउन पाइने सेवा पनि पाइनेछ।

यससँगै थप सुविधाको रुपमा लायन्स गेट प्लेमा निःशुल्क पहुँच हुनेछ। त्यसमा हलिउड फिल्म र चर्चित सिरिजहरू हेर्न सकिनेछ।

ग्राहकले आफ्नो मोबाइलबाट *१२३# डायल गरेर वा एनसेलको आधिकारिक एप मार्फत यो प्याक सजिलै लिन सक्नेछन्। यसका साथै नजिकैको एनसेल सेन्टर वा आधिकारिक डिलरबाट पनि यो सेवा लिन सकिने कम्पनीले जनाएको छ।