BIZMANDU
www.bizmandu.com

नेप्से परिसूचक १८.१० अंकले घट्दा ३ कम्पनीमा पोजेटिभ सर्किट, ५.७७ अर्बको सेयर किनबेच

२०८३ बैशाख ८

नेप्से परिसूचक १८.१० अंकले घट्दा ३ कम्पनीमा पोजेटिभ सर्किट, ५.७७ अर्बको सेयर किनबेच
नेप्से परिसूचक १८.१० अंकले घट्दा ३ कम्पनीमा पोजेटिभ सर्किट, ५.७७ अर्बको सेयर किनबेच

काठमाडौं। सेयर बजार परिसूचक मंगलबार १८.१० अंकले घटेको छ। होटल तथा पर्यटन बाहेक सबै उपसमूहले नेप्से सूचक २८०७.१२ विन्दुमा झारेका हुन्।

Tata
GBIME

होटल तथा पर्यटनको सूचक सबैभन्दा १.१६ प्रतिशतले बढेको छ। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ।

बजारमा २१५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। दोल्ती पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.७१ प्रतिशत‍ले घटेको छ।

४८ कम्पनीको सेयर मूल्य बढेको छ। ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। शिखर पावर, पाल्पा सिमेन्ट र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

सूचक घटे पनि कारोबार रकम बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ५ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

सोलु हाइड्रोपावरको सबैभन्दा धेरै ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।