BIZMANDU
www.bizmandu.com

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आइपीओ‌ जारी गर्दै, सुरुमा स्थानीय र वैदेशिक रोजगारलाई

२०८३ बैशाख ८

माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आइपीओ‌ जारी गर्दै, सुरुमा स्थानीय र वैदेशिक रोजगारलाई
माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आइपीओ‌ जारी गर्दै, सुरुमा स्थानीय र वैदेशिक रोजगारलाई


काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले पहिलो चरणमा वैशाख १७ देखि आइपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारलाई पहिलो चरणमा सेयर निष्कासन गर्न लागेको हो।

Vigo
GBIME
Tata

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८ करोड ६० लाख रुपैयाँ बराबरको ८ लाख ६० हजार कित्ता सेयर छुट्याएको छ।

अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीयलाई ३ करोड ४४ लाख रुपैयाँ बराबरको ३ लाख ४४ हजार कित्ता सेयर वितरण गर्न लागेको छ।

कम्पनीले प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ र २ बाहेक अन्य वडा बासिलाई ५ करोड १६ लाख रुपैयाँ बराबरको ५ लाख १६ हजार कित्ता सेयर छुट्याएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले १० देखि १० हजार कित्ता सेयर खरिदका लागि वैशाख ३१ सम्म आवेदन दिन पाउनेछन्। त्यस अवधिमा माग अनुसार आवेदन नपरे जेठ १८ सम्म सेयर निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।

यस्तै,वैदेशिक रोजगारलाई कम्पनीले १ करोड ७२ लाख रुपैयाँ बराबरको १ लाख ७२ हजार कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकलाई २३ गतेसम्म आवेदन खुला रहनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल छ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारलाई सेयर बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछ।

आइपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपीडबलबी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।

कम्पनीले १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ। आयोजना २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ लागतको रहेको छ।