BIZMANDU
www.bizmandu.com

स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाहरुको पीपीएका लागि निवेदन माग

२०८३ बैशाख ८

स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाहरुको पीपीएका लागि निवेदन माग
स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाहरुको पीपीएका लागि निवेदन माग


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत आयोजनाहरुको विद्युत खरिद बिक्री (पीपीए) का लागि आह्वान गरेको छ।

GBIME
Tata

सूचना जारी गर्दै प्राधिकरणले स्थानीय तहको ५१ प्रतिशत साझेदारीमा निर्माण हुने १ मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत आयोजनाको पीपीए गर्ने निर्णय भएको र यसरी निर्माण हुने आयोजनाको खरिद दर प्रतियुनिट ४.९९ रुपैयाँ कायम गरिएको जनाएको हो।

चालु आर्थिक वर्षभित्र पीपीए गरिसक्ने गरि खरिद बिक्रीको कारबाही अगाडि बनाउन आवश्यक कागजपत्रसहित निवेदन दिन प्राधिकरणले आह्वान गरेको हो।

हेर्नुस् प्राधिकरणको सूचना