BIZMANDU
www.bizmandu.com

नेपाल अमेरिकी वाणिज्य संघद्वारा रणनीतिक लगानीबारे छलफल, डायस्पोराको भूमिका महत्वपूर्ण

२०८३ बैशाख ७

नेपाल अमेरिकी वाणिज्य संघद्वारा रणनीतिक लगानीबारे छलफल, डायस्पोराको भूमिका महत्वपूर्ण
नेपाल अमेरिकी वाणिज्य संघद्वारा रणनीतिक लगानीबारे छलफल, डायस्पोराको भूमिका महत्वपूर्ण


काठमाडौं । नेपाल अमेरिकी वाणिज्य संघ (आमछम) ले एभरेष्ट फेडरल क्रेडिट युनियनसँगको सहकार्यमा भर्जिनियाको मनाससमा रणनीतिक लगानी ब्रिफिङ सम्पन्न गरेको छ।

Vigo
GBIME
Tata

सो कार्यक्रममा नेपाली डायस्पोरा, लगानीकर्ता र अमेरिका तथा नेपालका व्यावसायिक नेताहरूको सहभागिता रहेको थियो।

सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष अजित शाह र कार्यकारी निर्देशक आमिर थापाले नेपालको बदलिँदो लगानी वातावरणबारे जानकारी दिएका थिए। उनीहरूले ऊर्जा र प्रविधि जस्ता प्राथमिकताका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन चेम्बरको भूमिकाबारे चर्चा गरेका थिए।

छलफलमा नेपालमा उदीयमान अवसरहरूका साथै नियामक र संरचनात्मक पक्षहरूमा सुधारको आवश्यकता रहेको कुराले प्राथमिकता पाएको थियो।

साथै, नेपालको दीर्घकालीन आर्थिक विकासमा नेपाली डायस्पोराको भूमिका प्रमुख हुने विषयमा विशेष जोड दिइएको थियो।

लगानीकर्ताको आत्मविश्वास बढाउन गैरआवासीय नेपालीका लागि कानुनी ढाँचा र करको स्पष्टता जस्ता क्षेत्रबारे पनि चर्चा गरिएको थियो।

कार्यक्रममा सहभागीहरुले नेपाल सरकारले डायस्पोरा केन्द्रित लगानीका लागि चालेका हालैका नीतिगत कदमहरूलाई राष्ट्रिय विकासमा सहभागिता बढाउने प्रारम्भिक संकेतका रूपमा स्वागत गरेका थिए।

साथै, डायस्पोराको संलग्नता क्रमिक र विश्वासमा आधारित प्रक्रिया भएकोले नीतिगत स्थिरता र पारदर्शिता अपरिहार्य रहेको भनिएको छ।