BIZMANDU
www.bizmandu.com

मेरो माइक्रोफाइनान्स नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध

२०८३ बैशाख ७

मेरो माइक्रोफाइनान्स नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध
मेरो माइक्रोफाइनान्स नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध

काठमाडौं। काठमाडौं। मेरो मााइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा आबद्ध भएको छ।

Vigo
GBIME
Tata

यस सम्बन्धमा दुई कम्पनीबीच सोमबार समझदारी भएको छ। समझदारीपत्र कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले एक अर्कालाई हस्तान्तरण गरेका छन्।

६४ जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तमा करिब ६०० कर्मचारी कार्यरत छन्।

कोषले २०५५ देखि सुरु गरेको उपदान तथा पेन्सन योजनामा विभिन्न संगठित संस्थामा कार्यरत कर्मचारीको उपदान तथा पेन्सनबापतको रकम संकलन गरी लगानी गर्ने र कर्मचारी निवृत भएपछि भुक्तानी गर्ने गरेको छ।