काठमाडौं । सामसङ नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ।
यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको योगदानलाई उजागर गर्दै उनीहरुले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दछ। यसले सामसङको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने कम्पनीले जनाएको छ।
यस अभियानअन्तर्गत सामसङले ‘सामसङ रेमिट मा बेनिफिट’ नामक पहल सार्वजनिक गरेको छ। यसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ।
रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गरेको भनिएको छ। साथै, सामसङका एआई सक्षम डिभाइसहरुले उनीहरुको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने भनिएको छ। सामसङले सजिलो र सहज प्रयोग अनुभवमार्फत जीवनलाई सरल बनाउने अपेक्षा लिइएको छ।
यस पहलअन्तर्गत सामसङले आइएमई रेमिट, एनसेल, खल्ती बाइ आइएमई र हुलास फिन सर्भ लिमिटेडसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराइएको जनाइएको छ।
यसमा एनसेल रिचार्जमा बोनस डेटा, २४ महिनासम्मको सजिलो इएमआई, र खल्ती मार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्। यसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिने विश्वास लिइएको छ। यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ।
यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी, र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिकउत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको कम्पनीले जनाएको छ।