काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक सोमबार १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा आएको छ। कारोबारमा आएका होटल तथा पर्यटन बाहेकका उपसमूहले बजार घटाएका हुन।
बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो। दोल्ती पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.३५ प्रतिशतले घटेको छ।
६५ कम्पनीको मूल्य बढ्दा चार कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। झापा इनर्जीको सेयर मूल्य ११.८८ प्रतिशतले बढेको छ।
नेप्सेले लागू गरेको नयाँ व्यवस्था अनुसार सर्किट सीमा १० बाट १५ प्रतिशत बनाइएको छ। सोमबार ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। सर्किट सीमा बढाएर सोमबारदेखि १५ प्रतिशत पुर्याइएको हो।
बजारमा ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। होटल फरेस्ट इनको सबैभन्दा धेरै ३६ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख र नेसनल हाइड्रोपावरको २८ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।