BIZMANDU
www.bizmandu.com

ब्रान्डिङ र मार्केटिङसम्बन्धी पुस्तक ‘ब्रान्डसूत्र २.०’ नेपालमा १ हजार प्रति बिक्री

२०८३ बैशाख ७

ब्रान्डिङ र मार्केटिङसम्बन्धी पुस्तक ‘ब्रान्डसूत्र २.०’ नेपालमा १ हजार प्रति बिक्री
ब्रान्डिङ र मार्केटिङसम्बन्धी पुस्तक ‘ब्रान्डसूत्र २.०’ नेपालमा १ हजार प्रति बिक्री


काठमाडौं। नेपालमा ‘ब्रान्डसूत्र २.०’ पुस्तकको १ हजार प्रति बिक्री भएको छ। ‘आमा को मुख हेर्ने’ दिवसको अवसरमा पुस्तकले उक्त महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।

Tata
GBIME

ब्रान्डिङ र मार्केटिङसम्बन्धी यो पुस्तक मार्केटिङ कम्युनिकेसन क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका उज्ज्वल शाक्यले लेखेका हुन्। उनी आउटरीच नेपालका संस्थापक पनि हुन्।

‘ब्रान्डसूत्र २.०’मा उद्योगबाट प्राप्त अनुभवलाई समेटिएको छ। पुस्तकले पश्चिमी सिद्धान्त र दक्षिण एशियाली बजारको यथार्थबीचको दूरी घटाउने प्रयास गरेको छ।

सन् २०१५ मा प्रकाशित ब्रान्डसूत्रको आधारमा तयार गरिएको नयाँ संस्करणले बदलिँदो उपभोक्ता व्यवहारलाई समेटेको छ। डेटा, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्रविधिको प्रभावलाई ध्यानमा राख्दै पुस्तकले आधुनिक ब्रान्ड निर्माणमा सांस्कृतिक सान्दर्भिकता र उद्देश्यको महत्त्वलाई पुस्तकमा जोड दिइएको छ।

एक कार्यक्रममा बोल्दै शाक्यले यो उपलब्धि सामान्य देखिए पनि यसको महत्त्व गहिरो रहेको बताए। उनले नेपालजस्तो सानो बजारमा आफ्नै आवाजसहित ब्रान्डिङको बहस अगाडि बढाउनु महत्त्वपूर्ण भएको उल्लेख गरे। उनले स्थानीय सन्दर्भमा आधारित ज्ञानको आवश्यकता बढ्दै गएको पनि बताए।

ब्रान्डसूत्र २.० ले मार्केटिङ पेसामा आवद्ध, उद्यमी र विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाएको छ। पुस्तकले जटिल अवधारणालाई सरल रूपमा प्रस्तुत गर्दै व्यवहारमा लागू गर्न सजिलो बनाएको छ।

यो पुस्तक नीमा एजुकेशन फाउन्डेसनले प्रकाशन गरेको हो। पुस्तकका सम्पादक प्रा. उज्ज्वल के. चौधरी हुन्।