काठमाडौं। बिचौलिया दीपक भट्टको नाममा सेयर किन्न १६ करोड १७ लाख रुपैयाँ दिएर विवादमा तानिएको नेपाल माइक्रो इन्स्योरेन्सले साधारण सभा नै स्थगित गरेको छ।
कम्पनीले यही वैशाख १० गतेका लागि तय तेस्रो वार्षिक साधारण सभा अन्तिम समयमा आएर स्थगित गरेको हो। कम्पनीले साधारण सभाको सूचना गत चैत ११ गते नै प्रकाशित गरेको थियो।
तर कम्पनीको १६ करोड १७ लाख रुपैयाँ दुरुपयोग भएको प्रमाण बाहिरिनुका साथै बिचौलिया भट्ट प्रहरी हिरासतमा पुगेपछि साधारण सभा स्थगित गरिएको हो। कम्पनीले विशेष कारण देखाएर साधारण सभा स्थगित गरेको हो।