BIZMANDU
www.bizmandu.com

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा निफ्राको नाफासँगै वितरणयोग्य नाफा प्रभावित

२०८३ बैशाख ६

ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा निफ्राको नाफासँगै वितरणयोग्य नाफा प्रभावित
ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा निफ्राको नाफासँगै वितरणयोग्य नाफा प्रभावित


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको नाफा २८.५३ प्रतिशत घटेर ६४ करोड ३३ लाख रुपैयाँमा सीमित भएको हो।

Vigo
GBIME
Tata

पोहोर सोही अवधिसम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफा प्रभावित भएको छ।

बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेर १ अर्ब ८ करोडमा सीमित भएको छ। खुद फि तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेको छ। कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत र सञ्चालन मुनाफा २८.४२ प्रतिशत घटेको छ।

चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ३०.१२ प्रतिशत घटेर ५३ करोड ७७ लाख रुपैयाँमा झरेको छ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ३ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रति सेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.४४ गुणा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। गत चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।