BIZMANDU
www.bizmandu.com

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट, प्रति ब्यारेल ८० डलरमा झर्‍यो

२०८३ बैशाख ४

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट, प्रति ब्यारेल ८० डलरमा झर्‍यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट, प्रति ब्यारेल ८० डलरमा झर्‍यो

काठमाडौं। तेल आयत गर्ने बाटो स्ट्रेट अफ हर्मुज पुनः व्यावसायिक आवतजावतका लागि खुला गरेको घोषणा इरानले गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार तेलको मूल्य १३ प्रतिशतभन्दा बढीले घट्दै अमेरिकी कच्चा तेल वेस्ट टक्सास इन्टरमिडिएट (डब्लुटीआई) प्रति ब्यारेल ८० डलरभन्दा तल झरेको छ। ब्रेन्ट क्रुड करिब ८८ डलर नजिक पुगेको छ। 

१० दिनको अस्थायी युद्धविराम र आपूर्ति अवरोधको डर कम भएकाले तेलको मूल्यमा ठूलो गिरावट आएको मानिएको छ। स्ट्रेट अफ हर्मुजबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने गर्छ। यही मार्ग इरानले केही दिनलाई खुला गरेका कारण बजारमा आपूर्ति सहज हुने अपेक्षा बढेको छ।

तेलको मूल्यमा तीव्र गिरावट आए पनि डब्लुईीआई र ब्रेन्ट दुवै अझै पनि युद्धअघिको स्तरभन्दा माथि नै रहेका छन्। विश्लेषकहरूका अनुसार बजार अझै पनि चलिरहेको कूटनीतिक वार्ताको सफलता हुने नहुनेमा निकै संवेदनशील अवस्थामा छ। वार्ता सकारात्मक दिशामा अघि बढेमा तेलको मूल्य अझै थप स्थिर वा घट्न सक्ने सम्भावना छ। तर तनाव पुनः बढेमा मूल्य फेरि उकालो लाग्न सक्छ।

तेलको मूल्य घटेसँगै विश्वभरका शेयर बजारहरूमा उल्लेखनीय उछाल आएको छ। लगानीकर्ताहरूले ऊर्जा आपूर्ति स्थिर हुने र महँगी दबाब घट्ने अपेक्षामा बजारमा सकारात्मक प्रतिक्रिया दिएका छन्। 

युद्ध विराम र स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनले ऊर्जा बजारमा तत्काल राहत दिएको छ। जसको प्रत्यक्ष प्रभाव तेलको मूल्य र विश्व शेयर बजारमा देखिएको छ।