BIZMANDU
www.bizmandu.com

नेप्सेमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने, एकैदिन ८% घटबढ भए बजार बन्द

२०८३ बैशाख ४

नेप्सेमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने, एकैदिन ८% घटबढ भए बजार बन्द
नेप्सेमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने, एकैदिन ८% घटबढ भए बजार बन्द

काठमाडौं। सेयर बजारमा सर्किट ब्रेकरको नयाँ व्यवस्था सोमबारदेखि लागू हुने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा गरिएको चौथो संशोधन लागू गर्ने निर्णय गरेसँगै सर्किट ब्रेकरको नयाँ व्यवस्था अर्को हप्तादेखि कार्यान्वयनमा आउने भएको हो।

धितोपत्र कारोबार विनियमावली संशोधन गरेर सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ। अब बजार खुलेको २ घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार बन्द हुनेछ।

यस्तै नेप्से परिसूचक ८ प्रतिशत घटबढ भएमा पनि सो दिनको कारोबार बन्द हुनेछ।

बजारमा अहिले कारोबारको पहिलो एक घण्टाभित्र नेप्से सूचक ४ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक लाग्ने व्यवस्था छ। पहिलो सर्किट ब्रेकपछि कारोबार २० मिनेटका लागि स्थगित हुन्छ।

बजारमा अहिले दोस्रो पटक नेप्से ५ प्रतिशत घटबढ भए ४० मिनेटका लागि कारोबार बन्द हुन्छ। त्यसपछि खुलेको कारोबारमा नेप्से परिसूचक ६ प्रतिशत घटबढ भए त्यस दिनलाई कारोबार स्थगित गरिंदै आएको थियो।