BIZMANDU
www.bizmandu.com

ब्लक उत्पादक मेची इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक

२०८३ बैशाख ४

ब्लक उत्पादक मेची इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक
ब्लक उत्पादक मेची इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक

काठमाडौं। मेची इन्डष्ट्रिजले १५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १५ लाख कित्ता आइपीओ जारी गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Vigo
GBIME
Tata

यस सम्बन्धी सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा सीइओ सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेले हस्ताक्षर गरेका छन्।

मेची इन्डष्ट्रिज स्वदेशी कच्चा पदार्थ बालुवा, सिमेन्ट, चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक उत्पादन गर्ने उत्पादनमूलक उद्योग हो। उद्योग झापाको दमकमा महेन्द्र राजमार्गबाट २०० मिटरभित्र पर्ने आफ्नै स्वामित्वको जग्गामा सञ्चालनमा छ। उद्योगसँग हाल वार्षिक २१ लाख ६० हजार वटा ब्लक उत्पादन गर्ने क्षमता छ।