BIZMANDU
www.bizmandu.com

लिग-२ : नामी खेलाडीलाई घरेलु क्रिकेटमा छायामा पारेका अर्जुन र विनोद राष्ट्रिय टोलीमा

२०८३ बैशाख ४

लिग-२ : नामी खेलाडीलाई घरेलु क्रिकेटमा छायामा पारेका अर्जुन र विनोद राष्ट्रिय टोलीमा
लिग-२ : नामी खेलाडीलाई घरेलु क्रिकेटमा छायामा पारेका अर्जुन र विनोद राष्ट्रिय टोलीमा

काठमाडौं। अर्जुन कुमाल र विनोद भण्डारीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगितामा प्रभावकारी ब्याटिङ गर्दै आएका अर्जुनले लिग-२ का लागि टोलीमा स्थान बनाउँदा विनोद भण्डारीले पुनरागमन गर्न सफल भएका हुन्।

Tata
GBIME
Nepal Life

यी दुई जना पीएम कपमा सर्वाधिक रन बनाउने तीन खेलाडीमध्येमा पर्छन्। नेपालले अर्को हप्ता खेल्न लागेको यूएई र ओमनसँगको खेलमा यी दुई जना पनि सहभागी हुनेछन्।

रोहितकुमार पौडेल कप्तान रहेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, बसीर अहमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्।

पीएम कपमा सर्वाधिक विकेट लिएका हेमन्त धामी, सुदूरपश्चिमलाई फाइनल पुर्‍याएका कप्तान शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र लुम्बिनीका कप्तान देव खनाल रिजर्भमा छन्। टी-२० मा भने रोहित पौडेल टोलीमै छैनन्। यस्तोमा टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्ने छन्।

लिग-२ मा नेपालले २५ अप्रिलमा यूएई, २९ अप्रिलमा ओमन, १ मेमा यूएई र ५ मेमा ओमनसँग खेल्ने तालिका छ।

८ टोली सहभागी क्रिकेट विश्वकप लिग-२ मा सातौँ स्थानमा रहँदै नेपाल अफ्ठेरो स्थितिमा छ। यस कारण दुईवटा समस्या उत्पन्न हुनेवाला छन्।

पहिलो: नेपालको एकदिवसीय मान्यता निकै जोखिममा परेको छ भने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने सम्भावना अझ कमजोर बन्दै गएको छ। यी मध्ये पहिलो समस्या धेरै चिन्ताजनक छ।

एकदिवसीय फर्म्याटमा यो स्थिति आउनुको कारण के? जवाफ- नेपालकै प्रदर्शन।

लिग-२ मा २० खेल खेल्दा मात्रै ५ वटामा नेपालले जितेको छ। आधाभन्दा बढी लिग-२ का खेल खेलिसक्दा नेपाल दयनीय स्थितिमा छ।

नेपालभन्दा पछाडि तालिकामा यूएईमात्र छ। यूएईले पनि अब एक खेल जिते नेपाललाई भेट्नेछ। जबकी नेपालभन्दा एक स्थानमाथि रहेको क्यानडालाई यथास्थितिमा भेट्न नेपालले कम्तीमा ५ खेल जित्नै पर्छ।