BIZMANDU
www.bizmandu.com

मितेरी डेभलपमेन्ट बैंकको नाफामा बढोत्तरी, कति छ वितरणयोग्य मुनाफा?

२०८३ बैशाख ४

मितेरी डेभलपमेन्ट बैंकको नाफामा बढोत्तरी, कति छ वितरणयोग्य मुनाफा?
मितेरी डेभलपमेन्ट बैंकको नाफामा बढोत्तरी, कति छ वितरणयोग्य मुनाफा?

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको नाफा बढेको छ। चालु आवको तेस्रो त्रैमासम्म आइपुग्दा बैंकको खुद नाफा ४.०६ प्रतिशतले बढेर ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

Tata
GBIME
Nepal Life

पोहोर यसै अवधिमा यस्तो नाफा ९ करोड २४ लाख रुपैयाँ थियो। बैंकको कष्ट अफ फण्ड घटेर ब्याज आम्दानी बढेसँगै नाफामा सुधार भएको हो।

९ महिनासम्म बैंकको ब्याज आम्दानी ६७.०४ प्रतिशतले बढेर २२ करोड १५ लाख रुपैयाँ पुगेको छ। पोहोर ९ महिनामा ब्याज आम्दानी १३ करोड २६ लाख रुपैयाँ थियो।

बैंकको खराब कर्जामा सुधार आएको छ। पोहोर ९ महिनामा ०.७८ प्रतिशत रहेको खराब कर्जा अहिले ०.४८ प्रतिशतमा झरेको छ।

बैंकको कष्ट अफ फण्ड ५.६१ प्रतिशतबाट घटेर ४.५२ प्रतिशतमा झरेको छ। बैंकको वितरणयोग्य मुनाफा १० करोड ७ लाख रुपैयाँ छ।

बैंकको व्यवसाय ३२.२६ प्रतिशतले बढेको छ। पोहोर ९ महिनासम्म ५ अर्ब १७ करोड रुपैयाँ लगानी गरेको बैंकले अहिले ६ अर्ब ८४ करोड पुर्‍याएको छ।