BIZMANDU
www.bizmandu.com

जनकपुर रिफाइनरीमा लागेको आगो नियन्त्रणमा, १५ करोड बराबरको क्षति भएको अनुमान

२०८३ बैशाख ४

जनकपुर रिफाइनरीमा लागेको आगो नियन्त्रणमा, १५ करोड बराबरको क्षति भएको अनुमान
जनकपुर रिफाइनरीमा लागेको आगो नियन्त्रणमा, १५ करोड बराबरको क्षति भएको अनुमान

काठमाडौं । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिइएको छ।

Tata
GBIME
Nepal Life

गए राति भएको आगलागीबाट रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्। आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो।

क्षतिको पूर्ण विवरण संकलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताएका छन्। आगलागीको कारण खुलेको छैन।

रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले भने आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका छन्। रासस