BIZMANDU
www.bizmandu.com

मुम्बईलाई हराउँदै पञ्जाव पुग्यो शीर्षस्थानमा, आज गुजरात र कोलकाता भिड्ने

२०८३ बैशाख ४

मुम्बईलाई हराउँदै पञ्जाव पुग्यो शीर्षस्थानमा, आज गुजरात र कोलकाता भिड्ने
Shreyas Iyer of Punjab Kings celebrates his half century during Match 24 of the TATA Indian Premier League 2026 between Mumbai Indians and Punjab Kings at Wankhede Stadium, Mumbai, India, on April 16, 2026. Photo by Faheem Hussain / CREIMAS for IPL

पञ्जाव किंग्स इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले हराउँदै पञ्जाल तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

Tata
GBIME
Nepal Life

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। मुम्बईका लागि क्विन्टन डिककले शतकीय इनिङ्स खेल्दै सर्वाधिक अविजित ११२ रन बनाउँदा नमन धीरले ५० रन बनाए। बलिङमा पञ्जवका अश्रदीप सिंहले ३ विकेट लिँदा मार्को जेनसन र सशांक सिंहले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १६.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। पञ्जावका लागि प्रभसिमरन सिंहले सर्वाधिक अविजित ८० रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले ६६ रनको योगदान दिए। बलिङमा एएन गजानफरले २ तथा शार्दुल ठाकुरले १ विकेट लिए पनि पञ्जावलाई लक्ष्यसम्म पुग्नका लागि रोक्न सकेनन्।

योसँगै ५ खेलबाट ९ अंक बनाएको पञ्जाव शीर्षस्थानमा रहँदा ८ अंक बनाएका बेङ्ग्लुरु र राजस्थान दोस्रो र तेस्रो स्थानमा छन्। मुम्बई भने २ अंक बनाउँदै तालिकाको नवौँ स्थानमा छ।

आज साँझ गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स अहमदाबादमा भिड्दैछन्।