काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बढ्दो महंगीलाई लिएर संयुक्त विद्यार्थी युनियनले प्रदर्शन गरेको छ।
आज माइतीघरमा भेला भएका उनीहरुले मूल्यवृद्धिले असर परेको र इन्धनमा कर धेरै भएको भन्दै सरकारसँग जवाफदेहिता खोजेका हुन्।
त्यसक्रममा उनीहरुले विभिन्न प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।