BIZMANDU
www.bizmandu.com

एफवानसफ्ट इन्टरनेसनलमा सीइओको जिम्मेवारी सनतलाई, सुवास अब रणनीतिक निर्देशनमा

२०८३ बैशाख ३

एफवानसफ्ट इन्टरनेसनलमा सीइओको जिम्मेवारी सनतलाई, सुवास अब रणनीतिक निर्देशनमा
एफवानसफ्ट इन्टरनेसनलमा सीइओको जिम्मेवारी सनतलाई, सुवास अब रणनीतिक निर्देशनमा

काठमाडौं। एफवानसफ्ट इन्टरनेसनलले सनतकुमार पौडेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्नो २२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनतलाई सीइओ नियुक्त गरिएको घोषणा गरेको हो।

कम्पनीमा यसअघि सहसंस्थापक तथा निर्देशक सुवास शर्मा सीइओको जिम्मेवारीमा थिए। सुवास अब निर्देशकको भूमिकामा एफवानसफ्ट ग्रुपको रणनीतिक निर्देशनमा संलग्न हुने कम्पनीले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।   

सनत हाल एफवानसफ्ट ग्रुप अन्तर्गतको फन नेक्स्ट प्रालिमा सीइओका रुपमा कार्यरत छन्। उनले अब दुवै संस्थाको व्यवस्थापकीय नेतृत्व गर्नेछन्।

एफवानसफ्ट ग्रुपमा आवद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशकभन्दा बढी काम गरेका थिए।