BIZMANDU
www.bizmandu.com

एनएमबि क्यापिटलको रेटिङ अपग्रेड, सरल बचत फण्ड-इको आकार १० अर्ब पुर्‍याउन अनुमति

२०८३ बैशाख २

एनएमबि क्यापिटलको रेटिङ अपग्रेड, सरल बचत फण्ड-इको आकार १० अर्ब पुर्‍याउन अनुमति
एनएमबि क्यापिटलको रेटिङ अपग्रेड, सरल बचत फण्ड-इको आकार १० अर्ब पुर्‍याउन अनुमति


काठमाडौं। इक्रा नेपालले एनएमबि क्यापिटलको कोष व्यवस्थापन गुणस्तर रेटिङ स्तर एएमसी २ प्लसमा वृद्धि गरेको छ।

Vigo
GBIME
Tata

यो मूल्यांकनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउँछ। एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने कम्पनी बनेको छ।

कोष प्रवर्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालनमा छन्।

एनएमबि ५० को खूद सम्पत्ति गत फागुन ३० गते १.३६ अर्ब रहेकामा खूद सम्पत्ति मूल्य (न्याभ) १०.८६ रुपैयाँ पुगेको छ। एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को खूद सम्पत्ति गत फागुन ३० गतेसम्म १.४९ अर्ब र न्याभ १२.२० रुपैयाँ छ।

यस्तै एनएमबि हाइब्रिड फण्ड एल-२ को खूद सम्पत्ति फागुन ३० गतेसम्म १.४७ अर्ब र न्याभ १०.७५ रुपैयाँ छ।

एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको खूद सम्पत्ति फागुन ३० गतेसम्म ४.७३ अर्ब र न्याभ ११.०१ रुपैयाँ छ।

यस योजनाको सिपमा हाल ५५ हजारभन्दा बढी लगानीकर्ता सहभागी रहेको र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको कम्पनीले जनाएको छ। योजनाको आकार चैत २६ गतेसम्म ४.९४ अर्ब रुपैयाँ पुगेको छ।

योजनाको आकार १० अर्ब कायम गर्न नेपाल धितोपत्र बोर्डले एनएमबि क्यापिटललाई गत चैत ८ गते स्वीकृति दिइसकेको छ।