BIZMANDU
www.bizmandu.com

सुरु भयो नयाँ वर्ष २०८३, शुभकामना आदानप्रदान गरेर हर्षोल्लासका साथ मनाइँदै

२०८३ बैशाख १

सुरु भयो नयाँ वर्ष २०८३, शुभकामना आदानप्रदान गरेर हर्षोल्लासका साथ मनाइँदै
सुरु भयो नयाँ वर्ष २०८३, शुभकामना आदानप्रदान गरेर हर्षोल्लासका साथ मनाइँदै


काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। आज बैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ।

Vigo
GBIME
Tata

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा बैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन्। सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी संकल्प गर्दछन्।

आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।