काठमाडौं। प्रभु बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ।
बैंक सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले ८.५० प्रतिशत लाभांश दर कायम गरी ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ।
यो निर्णय बैंकको विशेष साधारण सभाबाट पारित भइ नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको अनुमतिपछि सेयर जारी हुनेछ।
अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र किन्न पाउनेछन्।