BIZMANDU
www.bizmandu.com

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ जारी गर्ने, ६ जना सञ्चालक निर्विरोध चयन

२०८२ चैत्र २९

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ जारी गर्ने, ६ जना सञ्चालक निर्विरोध चयन
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ जारी गर्ने, ६ जना सञ्चालक निर्विरोध चयन

काठमाडौं। चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको शनिबार सम्पन्न पहिलो साधारण सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीको साधारण सभाले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ छ।

साधारण सभाले ६ जना सञ्चालक निर्विरोध चयन गरेको छ। राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शंकर महर्जन र वीरेन्द्र श्रेष्ठ निर्विरोधरुपमा चयन भएको कम्पनीले जनाएको छ।

होल्डिङ कम्पनीका रुपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानमा लगानी गरेको छ।