BIZMANDU
www.bizmandu.com

इन्धन बचत गर्न काठमाडौं महानगरले आलोपालो गाडी संचालन गर्ने, एकै ठाउँ बस्नेलाई कार पुलिङ

२०८२ चैत्र २९

इन्धन बचत गर्न काठमाडौं महानगरले आलोपालो गाडी संचालन गर्ने, एकै ठाउँ बस्नेलाई कार पुलिङ
इन्धन बचत गर्न काठमाडौं महानगरले आलोपालो गाडी संचालन गर्ने, एकै ठाउँ बस्नेलाई कार पुलिङ

काठमाडौं । इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको बताइन्।

‘विश्वभर इन्धनको अभाव छ। यसबेला पहिलेकै अवस्थामा सवारीसाधन संचालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ। यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन। यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन कार पुलिङ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं,’ डंगोलले भनिन्।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।

कार पुलिङ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरुको समूह बनाइएको छ। यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो संचालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ। यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ।