BIZMANDU
www.bizmandu.com

नेप्से सूचक १३.४६ अंकले घट्दा ७ कम्पनीमा पोजेटिभ सर्किट, ९ अर्बको सेयर किनबेच

२०८२ चैत्र २७

नेप्से सूचक १३.४६ अंकले घट्दा ७ कम्पनीमा पोजेटिभ सर्किट, ९ अर्बको सेयर किनबेच
नेप्से सूचक १३.४६ अंकले घट्दा ७ कम्पनीमा पोजेटिभ सर्किट, ९ अर्बको सेयर किनबेच


काठमाडौं। दुई दिन लगातार उच्च अंक बढेको सेयर बजारमा शुक्रबार गिरावट आएको छ। नेप्से परिसूचक शुक्रबार १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका उत्पादन तथा प्रशोधन र हाइड्रोपावर बाहेकका उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशत घटेको छ।

बजारमा २०९ कम्पनीको सेयर मूल्य घटेको छ। एनआइसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत घटेको छ।

बजारमा ५६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। भुजुङ हाइड्रोपावर, सुपर खुदी, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्ट कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

शुक्रबार सूचकसँगै कारोबार रकम घटेको छ। बिहीबार ९ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएकामा कारोबार रकम शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ।

बजारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावरको ५१ करोड ३२ लाख, रिलायन्स स्पिनिङ मिल्सको ४३ करोड ५९ लाख र रिडि पावरको ३८ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।