काठमाडौं। शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रति तोला २ हजार २०० रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँ महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुन प्रति तोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको भाउ प्रति तोला २ लाख ९९ हजार रुपैयाँ थियो।
शुक्रबार चाँदीको मूल्य ४ हजार ९६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य ४ हजार २५ रुपैयाँ कायम भएको थियो।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ३०० र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।